Skip to main content
राजनीतिSetopati

प्रदेश प्रमुखविहीन बन्यो कोशी प्रदेश

Read the full story at Setopati

प्रदेश प्रमुखविहीन बन्यो कोशी प्रदेश

पद रिक्त भएपछि अर्को प्रदेशका प्रदेश प्रमुखलाई कोशीको समेत कामकाज गर्ने जिम्मेवारी दिने अभ्यास भए पनि यसपटक त्यस्तो जिम्मेवारीसमेत तोकिएको छैन। प्रदेश प्रमुखको कार्यालय कोशीकी शाखा अधिकृत सम्पूर्ण थापाका अनुसार खापुङको कार्यकाल कात्तिक २३ गतेसम्म थियो। त्यसपछि उनी पदबाट बिदा भएका हुन्। ‘कात्तिक २३ सम्म उहाँको कार्यकाल थियो। उहाँको सकियो।

यसअघि छिमेकी प्रदेशको प्रमुखलाई जिम्मा दिने गरिन्थ्यो। यसपटक त्यो पनि दिइएको छैन। भोलि कार्यालय खुलेपछि केही होला,’ थापाले भनिन्। यसरी प्रदेश प्रमुखको कार्यकाल सकिएपछि नयाँ नियुक्ति र अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिने दुवै व्यवस्था कार्यान्वयनमा नआएको अवस्थामा कोशीको प्रदेश प्रमुखको कार्यालय नेतृत्वविहीन बनेको छ। धारा १६५ को उपधारा (२) मा कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएमा नयाँ नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ।

अर्थात् कोशीमा नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिएर संवैधानिक कामकाज निरन्तर राख्न सकिन्छ। तर त्यसका लागि राष्ट्रपतिले औपचारिक रूपमा तोक्नुपर्छ। संविधानले यस्तो जिम्मेवारी स्वतः हस्तान्तरण हुने व्यवस्था गरेको छैन।