असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति
Read the full story at Ratopati
_wJusHNJBJ9.jpg&w=1920&q=70)
नुवाकोट । अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो । वर्षा र असिनाबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम आगामी सोमबारदेखि सुरु गरिने जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालय प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार प्रारम्भिक जानकारीमा किसानले भित्र्याउन बाँकी राखेको धानबालीमा असर पुगेको पाइएको छ । जिल्लाका सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गरी विवरण सङ्कलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उनले बताए । कार्यालयका अनुसार यस वर्ष नुवाकोटमा करिब १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये करिब ८० प्रतिशत धान किसानले भित्र्याइसकेका छन् ।
बाँकी धान भित्र्याउने तयारी भइरहेका बेला परेको असिना र वर्षाले केही क्षति पुर्याएको हो । दसैँ र त्यसलगत्तै परेको वर्षाका कारण पाकेको धान समयमै भित्र्याउन नसक्दा अहिले काटेर खेतमा राखिएको धान भिजेको बेलकोटगढी नगरपालिका–८ का किसान विष्णुप्रसाद पुडासैनीले बताए । उनका अनुसार वर्षा र असिनाले धान भिजाए पनि क्षतिको प्रभाव मध्यम रहेकाले ठुलो नोक्सानी हुनबाट जोगिएको छ ।
More politics
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar