चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्प, दुई महिनाभित्रै विवादास्पद एजेन्डा अघि बढाउने रणनीति
Read the full story at Nagarik News

मध्यावधि निर्वाचनमा पराजय बेहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रामक रणनीतिमा उत्रिने संकेत देखिएको छ। अमेरिकी इतिहासकै ठूलो राजनीतिक प्रतिगमनको संज्ञा दिएको चुनावी नतिजापछि पनि पछि नहट्ने घोषणा गरेका ट्रम्पले आफ्ना एजेन्डा कार्यान्वयनका लागि बाँकी रहेको समयलाई निर्णायक रूपमा उपयोग गर्ने तयारी गरेका छन्। यसै रणनीतिअन्तर्गत उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफको जिम्मेवारी दिएका छन्। ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख योजनाकार मानिने मिलरको नियुक्तिले आगामी दिनमा ह्वाइट हाउस थप कठोर नीतिगत बाटोमा अघि बढ्न सक्ने संकेत गरेको छ।
तर ट्रम्पको यो तयारीलाई डेमोक्र्याटहरूले सहज रूपमा स्वीकार गर्ने देखिँदैन। उनीहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र मिलरको नीतिविरुद्ध हरेक चरणमा प्रतिवाद गर्ने घोषणा गरेका छन्। यसले आगामी दिनमा अमेरिकी राजनीतिमा राष्ट्रपति र संसद्बीचको टकराव थप चर्किने संकेत गरेको छ। ट्रम्पका लागि अहिलेको समय निकै महत्त्वपूर्ण छ।
रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा अमेरिकी संसद् कंग्रेसका दुवै सदनमा बहुमत गुमाइसकेको छ। यद्यपि, नयाँ निर्वाचित सांसदहरूले कार्यभार नसम्हाल्दासम्म पुरानै संसद्ले काम गर्ने भएकाले ट्रम्पसँग आफ्ना प्राथमिकताका योजना अघि बढाउन करिब दुई महिनाको समय बाँकी छ।
More politics
- १२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलनNepal Khabar
- नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोटNepal Khabar
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar
- कालीमाटीमा प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिएNepal Khabar
- बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथNepal Khabar