Skip to main content
वातावरणNagarik News

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

Read the full story at Nagarik News

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागले सोमबार साँझ जारी गरेको विशेष बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आगामी पाँच दिन पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने भए पनि तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार सोमबार राति बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। मङ्गलबार पनि हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र हिमाली क्षेत्रका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

सोही दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। यसैगरी, कात्तिक २६ गते बिहीबार कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।