मिठाइ कति सुरक्षित ?
Read the full story at Onlinekhabar (Nepali)

यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ । १८ कात्तिक, काठमाडौं । झिलिमिली बत्ती, ढकमक्क फुलेका सयपत्री र मखमली, अनि देउसी–भैलोको गुञ्जन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) घरआँगनमा भित्रिसकेको छ । तिहार भन्नेबित्तिकै उज्यालो र फूलसँगै सबैभन्दा बढी जोडिएर आउने अर्को कुरा हो– मिठाइ ।
चाडपर्वका बेला बजारमा मिठाई खपत ह्वात्तै बढ्छ । माग उच्च भएपछि व्यापारीलाई भ्याइनभ्याइ हुन्छ । तर, यही हतारो र उच्च नाफा कमाउने दाउमा विगतका वर्षहरूमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरेको थियो । यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन अघि नै सूचना जारी गर्दै मिठाई उत्पादक र विक्रेताका लागि कडा नियम कार्यान्वयनमा ल्याएको हो ।
तिहारको समयमा मिठाईमा हुने मिसावट कतिसम्म भयानक हुन्छ भन्ने बुझ्न गत वर्षको एउटा तथ्यांक हेरे पुग्छ । गत वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ असोजदेखि १ कात्तिकसम्म काठमाडौं, ललितपुर र भक्तपुरका ५३ वटा चर्चित र ठूला मिठाई पसल अनुगमन गरेको थियो । अनुगमन क्रममा अधिकांश पसलका मिठाईमा अखाद्य वस्तु प्रयोग गरेको पाइएको थियो ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar