मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन
Read the full story at Nagarik News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना लामो समयदेखिका सहयोगी स्टीफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गरेका छन्। उनले सुसी वाइल्सको ठाउँ लिने भएका हुन्। रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा ठुलो हार बेहोरेपछि ट्रम्पले आफ्नो टिममा यो परिवर्तन गरेका हुन्। ४१ वर्षीय मिलर ट्रम्पका विश्वासिला सहयोगीमध्ये एक हुन्। उनी सन् २०१६ को राष्ट्रपति चुनाव अभियानदेखि नै ट्रम्पको टोलीमा छन्।
त्यतिबेला उनी भाषण लेखकका रूपमा जोडिएका थिए। पछिल्लो समय उनले ह्वाइट हाउसमा नीति निर्माणसम्बन्धी उपप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मिलर आफ्नो सुरुदेखिका सहयोगी भएको बताए।
उनले भने, ‘स्टीफन सुरुदेखि नै मसँग छन्। उनी राजनीतिक रूपमा निकै जानकार छन्। उनले राम्रो काम गर्नेछन्।’ मध्यावधि चुनावका क्रममा ट्रम्प प्रशासनको आप्रवासन नीति विवादमा परेको थियो। एक मतदाता सर्वेक्षणअनुसार करिब १० मध्ये ६ मतदाताले प्रशासनले आप्रवासन नियन्त्रणका लागि चालेका कदम आवश्यकताभन्दा बढी भएको बताएका थिए। यही विषय चुनावमा रिपब्लिकन पार्टीका लागि चुनौती बनेको थियो।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar