Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

Read the full story at Nepal Khabar

अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

'जासुस' चिनियाँ महिला एलिस हुआङसँग प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेन हुआङले यसअघि कम्पनीकै महिला कार्यकारीसँग पनि अफेयर रहेको खुलासाबिच राजीनामा दिएका हुन्। द वाल स्ट्रिट जर्नल ले कम्पनीलाई उद्धृत गर्दै बिहीबार जनाएअनुसार स्थायी उत्तराधिकारी नियुक्त नभएसम्मका लागि वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने भएकी छन्।

कम्पनीको सञ्चालक समितिले अब अर्को प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको छ र यस प्रक्रियामा कम्पनीभित्र तथा बाहिरका पनि उम्मेदवारलाई विचार गरिनेछ। न्युयोर्क टाइम्सका अनुसार पहिले कम्पनीमै काम गर्ने पाँच जनाले जेन्सेन हुआङको दोस्रो अफेयर हाल एनभिडियाको हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग रहेको जानकारी दिएका हुन्।