Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

Read the full story at Onlinekhabar (Nepali)

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ । ’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो । ’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला ।

’ कतिपयले यसलाई ‘ऐतिहासिक र युगान्तकारी’ निर्णय भन्दै हर्षोल्लासका साथ सेयर गरे । गृहमन्त्रीले पनि यसलाई एउटा उपलब्धिजस्तै मानेर अन्त्यमा लेखेका थिए, ‘आउनुहोस्, यो तिहारलाई फेरि पहिलेकै जस्तो जीवन्त र रमाइलो बनाऔँ । ’ गृहमन्त्रीका रूपमा कुनै पनि पर्व खुलेर मनाउन आह्वान गर्नु नराम्रो कुरा होइन । आफ्नो कला, संस्कृति एवं परम्पराप्रतिको यो झुकाव र लगाव स्वागतयोग्य छ । अनि उनले यहाँ एउटा तीतो सत्य पनि बताएका छन्, ‘पहिलेको तिहारको उमङ्ग हराउँदै गएको छ ।

’ रित्तिँदै गएको ग्रामीण समाज र विमानस्थलबाट दिनहुँ घर छाडिरहेका ३५ सय हाराहारी युवाको लस्कर नियालेका भए उनले यस्तो लेख्दैनथे होलान् । रातभर देउसी-भैलो खेल्न नपाएर तिहारको रौनक घटेको थियो वा गाउँघर नै रित्तिएर ? किनभने, विगतका वर्षहरूमा देउसी-भैलो खेल्ने समय प्रशासनले निर्धारण गरे पनि त्यसमा खासै रोकटोक थिएन ।