Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

Read the full story at Onlinekhabar (Nepali)

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शनिबार उनले न्यायिक स्वतन्त्रता, न्यायको गुणस्तर र न्यायिक अधिकारक्षेत्रको सीमालाई महत्त्व दिएका छन् ।

उनले न्याय सम्पादनका क्रममा तथ्य र प्रमाणको मूल्याङ्कन, निष्पक्ष सुनुवाइ, कारणयुक्त फैसला तथा नजिरको सुसङ्गत प्रयोगलाई प्राथमिकतामा राखेका छन् । ‘आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्नेछु । मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिनेछु,’ उनले कार्ययोजनामा भनेका छन्, ‘निर्णयको गुणस्तर, नजिरको प्रयोग र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्नेछु ।

लागू न्यायिक आचारसंहिताको पूर्ण पालना गर्नेछु । ’ उनले संस्थागत सुधारका प्रस्तावको प्रगति सम्बन्धित निकायसँग समन्वय गरी समीक्षा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । संसदीय सुनुवाइ समितिलाई कानुनबमोजिम प्रगति विवरण उपलब्ध गराउने तथा न्यायिक स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत सूचनाको संरक्षण गर्ने उनको प्रतिबद्धता छ ।