इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
रामसुनर यादवका छोरा बिकेश यादवले आफ्नी आमा निर्मला यादवसँग गरेको यो वाचा आज सुन्दरपुर गाउँको हावामा अझै गुञ्जिरहेको छ। तर, त्यो सपना पूरा हुन पाएन। इन्जिनियर बनेर परिवारको सहारा बन्ने र गाउँमै सुन्दर घर बनाउने बिकेशको रहर मकवानपुरको भीमफेदीस्थित चिसापानीस्थित पहाडको पाखामा सदाका लागि अस्तायो। अब न बिकेश घर फर्किनेछन्, न उनको हातबाट त्यो सपनाको महल ठडिनेछ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किँदै गरेका एकै गाउँका १४ जनाको विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर शोकको अथाह सागरमा डुबेको छ।
गाउँका घरघरमा चुल्हो निभेका छन्, आँगन सुनसान छन् र हरेक घरमा आँसुको भेल बगेको छ। करिब १२ वर्षअघि परिवारको जीविकोपार्जनका लागि भारतको चण्डीगढ पुगेका रामसुनर यादवको उतै मृत्यु भयो। श्रीमान् गुमाएपछि निर्मला यादवका काँधमा तीन छोराको पालनपोषण र भविष्य निर्माणको जिम्मेवारी आइपर्यो। जेठा अवधेश, माइला बिकेश र कान्छा सुदेश गरी तीन छोराको भविष्य नै उनको जीवनको एक मात्र उद्देश्य बन्यो । समयक्रममा जेठा छोरा अवधेशको पुनम यादवसँग विवाह भयो।
उनीहरूका तीन छोरी अनु, शिक्षा र दिपिका जन्मिए। परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले अवधेश श्रीमती, छोरीहरू र दुई भाइलाई साथमा लिएर काठमाडौंको टिकाथली पुगे। त्यहाँ उनले तरकारी तथा फलफूलको व्यापार सुरु गरे।
More politics
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोकNepal Khabar
- जब साथीले दिएको ‘रसबरी’ चपाउनेबित्तिकै मुखमै विस्फोट भयोNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar