अमेरिकाभर सबै हवाई उडानमा अनिश्चितकालीन रोक
Read the full story at Thaha Khabar

काठमाडौंः अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। सङ्घीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अचानक देशभरका सबै हवाई उडानमा रोक लगाउँदा करिब ७ हजार उडानहरू ढिला भएका छन् भने कैयौँ उडान रद्द गर्नुपरेको छ। उडान अवरुद्ध हुँदा न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायत देशका विभिन्न प्रमुख सहरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अलपत्र परेको सीएनएनले जनाएको छ।
अमेरिकी यातायातमन्त्री सीन डफीकाअनुसार देशका २२ वटै एयर ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएको छ। एफएएका प्राविधिक विशेषज्ञहरूको टोली खराबी पत्ता लगाउन र मर्मत गर्न युद्धस्तरमा जुटिरहेको उनले बताएको समाचारमा उल्लेख छ। समाचार अनुसार उडान रोकिने क्रम शिकागोको ओ’हेयर र मिडवे विमानस्थलबाट भएको थियो, जहाँ सञ्चार प्रणालीमा गडबडी देखिएपछि उडान रोकिएको थियो। पछि यो समस्या देशका अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूमा समेत फैलिएपछि पूरै अमेरिकामा ’ग्राउन्ड स्टप’ लगाइएको हो।
एफएएको सूचनाअनुसार अर्को आदेश नभएसम्मका लागि उडानमाथिको प्रतिबन्ध जारी रहनेछ। अर्थात्, रोक कहिले हट्छ र उडान कहिले सामान्य हुन्छ भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar