ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।
उनले सरकार ढाल्ने उद्देश्यले आन्दोलन गर्नुभन्दा सुकुमवासीलाई घर उपलब्ध गराउन र बाढीपीडितको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । धमलाले सरकारलाई सुशासन स्थापना गर्न, बढ्दो महँगी नियन्त्रण गर्न तथा सुकुमवासी र बाढीपीडितका समस्या समाधान गर्न आग्रह गरे । प्रधानमन्त्री र अर्थमन्त्रीले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले आगामी ६ महिनाभित्र पीडितका लागि घर निर्माण गरिसक्नुपर्नेमा जोड दिए ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar