बाढीले बगर बनाएको खेतमा बदामखेती
Read the full story at Onlinekhabar (Nepali)

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । १९ कात्तिक, झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले – केही नयाँ खेती गर्ने ।
निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती । बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । ‘धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,’ उनले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भने, ‘बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले ।
बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ । ’ उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गरेका थिए । बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पुर्याएका छन् । पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ ।
More environment
- How climate change is reshaping the way children grow upKathmandu Post
- प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दैDC Nepal
- शरद ऋतुमा हिमाल आरोहणप्रति अन्तर्राष्ट्रिय आकर्षण: करिब ३२ करोड ४० लाख राजस्व संकलनDC Nepal
- आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावनाBizmandu
- आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावनाOnlinekhabar (Nepali)
- Every rooftop in Delhi will become source of solar energy: CMThe Hindu