आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
More environment
- How climate change is reshaping the way children grow upKathmandu Post
- गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्धDC Nepal
- एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रहOnlinekhabar (Nepali)
- प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दैDC Nepal
- शरद ऋतुमा हिमाल आरोहणप्रति अन्तर्राष्ट्रिय आकर्षण: करिब ३२ करोड ४० लाख राजस्व संकलनDC Nepal
- आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावनाBizmandu