पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति
Read the full story at Nagarik News

भोटेकोसीलगायत विभिन्न नदीमा आएको बाढी तथा पछिल्लो समय भएका प्राकृतिक प्रकोपले मुलुकमा ठुलो जनधनको क्षति पुर्याए। बाढीपहिरोले सडक, पुल, विद्यालय, अस्पताल तथा सार्वजनिक भवनमा क्षति पुर्याएपछि तिनको पुनर्निर्माण सरकारका लागि चुनौती बनेको छ। अहिले भत्किएका संरचना पुनःनिर्माण गर्दा भविष्यमा सबै नागरिकले समान रूपमा प्रयोग गर्न सक्ने अपांगतामैत्री संरचना बनाउने अवसरलाई सरकारले सदुपयोग गर्नुपर्छ।
विपद्पछि पुनर्निर्माण गरिने सडक, पुल, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी र सरकारी भवन केवल भौतिक संरचना मात्र होइनन्, ती नागरिकको दैनिक जीवन र सार्वजनिक सेवासँग जोडिएका आधार हुन्। त्यसैले यस्ता संरचनाको डिजाइन तयार गर्दादेखि नै अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमित गतिशीलता भएका नागरिकको आवश्यकतालाई समेट्नुपर्छ। अहिले पनि हाम्रो देशका अधिकांश सार्वजनिक संरचना अपांगतामैत्री छैनन्।
सरकारी कार्यालयमा सेवा लिन जाँदा भर्याङ चढ्नुपर्ने, अस्पतालमा ह्विलचेयर लिएर सहजै आवतजावत गर्न नसकिने, विद्यालयका कक्षाकोठा र शौचालयसम्म पुग्न कठिन हुने अवस्था छ। नेपालका सहरमा सडक विस्तार, फुटपाथ निर्माण र सहरी पूर्वाधार सुधारका नाममा ठुलो लगानी भइरहेको छ। तर, निर्माण गरिएका संरचना सबै नागरिकका लागि समान रूपमा उपयोगी बन्न सकेका छैनन्।
More politics
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar