देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोटाङको जिल्ला सभापतिमा रोजन राईलाई निर्वाचित गरेको छ । १५ औं नियमित महाधिवेसन अन्तर्गत बुधबार सम्पन्न आठौं जिल्ला अधिवेसनबाट राईलाई सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित गरेको हो ।
यस्तै, उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की, सह–सचिवमा अनिता राई र सुरेश कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, प्रदेश (क)को सभापतिमा उद्धव राई, उपसभापतिमा मकर राई, सचिवमा टीकाबहादुर बस्नेत, सह–सचिवमा सेकेन्द्र राई र राधा गिरी निर्वाचित भएका छन् । प्रदेश (ख)को सभापतिमा सुनिलचन्द्र राई, उपसभापतिमा भीमबहादुर राउत र निरेशकुमार राई, सचिवमा सरगम राई र बिश्वदीप राई निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार महासमिति सदस्यमा भुपेन्द्र राई, हिरा गुरुङ, दिनेश राई, पदम निरौला, नवराज राई, सरिता आङदेम्बे, देबी राई, देबेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशलकुमार राई, राकेश परियार र इन्दिरा दाहाल निर्वाचित भएका छन् ।
More politics
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- भारतमा अग्निवीर भर्ती योजनामा ठूलो परिवर्तन, ४ वर्षे अवधि पूरा गरेकाले थप २ वर्ष जागिर पाउनेNepal Khabar