कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने
Read the full story at Nagarik News

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ। त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा त्रिवि स्वयंले व्यवस्थापन गर्ने गरी फिर्ता आएको जनाएको हो।
विभिन्न संघ-संस्थाहरूले सम्झौता, सरकारी निर्देशन तथा कतिपयले आफूखुसी भोगचलन गर्दै आएको जग्गा पटक-पटक ताकेता गर्दा पनि खाली भएको थिएन। २०८१ जेठ १७ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बुझाएको खोजबिन प्रतिवेदनका आधारमा त्रिविले २०८३ वैशाख ४ गते ३५ दिने सूचना जारी गरी जग्गा खाली गर्न पत्राचार गरेको थियो।
त्रिविको विवरणअनुसार कीर्तिपुरस्थित जग्गा विभिन्न सरकारी तथा गैरसरकारी निकायले उपभोग गर्दै आएका छन्। जसमा बीपी कोइराला मेमोरियल प्लानेटोरियमले १५० रोपनी, कृषि बागबानीले २८१ रोपनी १४ आना १ पैसा १ दाम, खानेपानी संस्थानले १८ रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २४ रोपनी र ल्याबरोटरी माध्यमिक विद्यालयले १०८ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा उपभोग गरेका छन्।
More politics
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar
- मिस्रीको नेपाल भ्रमण: बालेनको भारत भ्रमणबारे छलफल, सहकार्य विस्तारमा जोडNepal Khabar