नेप्सेका प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
Read the full story at Setopati

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। सुवेदीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव छ।
उनी यसअघि कृषि विकास बैंकको नायब महाप्रबन्धक थिए। उनले उक्त बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालेका थिए। कृषि विकास बैंकमा रहँदा उनले प्रमुख कर्जा अधिकृत, प्रमुख सञ्चालन अधिकृत, मानव संशाधन तथा सेवा विभाग प्रमुख र कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए। उनले बैंकको कम्पनी सचिवालयमा रहँदा धितोपत्र बोर्ड, नेप्से र नेपाल राष्ट्र बैंक लगायत नियामक निकायसँग समन्वय गर्ने काम समेत गरेका थिए।
सुवेदीले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको सञ्चालक समितिमा पनि काम गरेका छन्। उनी फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समिति अध्यक्ष समेत भइसकेका छन्। पर्वतको कुश्माका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबिए) गरेका छन्। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा पनि काम गरेका थिए।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar