सिलवालले जिते ‘काठमाडौं र्यापिड बुद्धिचाल’ को उपाधि
Read the full story at Nagarik News

नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आठ अंकसहित च्याम्पियन बनेका सिलवालले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारे। काठमाडौं स्पोर्ट्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नं-१६ को आयोजनामा १७ कात्तिकदेखि सुरु प्रतियोगितामा १३२ खेलाडी सहभागी थिए।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन बनिन् भने काठमाडौंकी राधिका पौडेल दोस्रो र कुसुम घिसिङ तेस्रो भए। स्थानीय विधातर्फ वडा नं-१६ का जनार्दन श्रेष्ठ पहिलो र मोहम्मद इमरान खान दोस्रो भए। त्यस्तै, बेस्ट केएम विधामा सिमा नवीन तण्डुकार, भुटानतर्फ बर्दीलाल नेपाली र अन्य विधातर्फ सविन प्रकाश सैंजु प्रथम भए।
नेपाल बुद्धिचाल महासंघको अध्यक्ष पदका उम्मेदवारका रूपमा विशेष महाधिवेशनमा सहभागी भएका प्रबिन बहादुर भडेलका अनुसार युवातर्फ १६ वर्षमुनि शुभमदीप थापा, १४ वर्षमुनि प्रबिर केसी तथा १२ वर्षमुनि हार्दिक पन्त र राजन शाह उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए। प्रतियोगिताको उद्घाटन वडा नं- १६ की अध्यक्ष रोजिना श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौं स्पोर्ट्स एकेडेमीका अध्यक्ष एवं नेपाल बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष नारायण गमालले गरेका थिए।
More politics
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- भारतमा अग्निवीर भर्ती योजनामा ठूलो परिवर्तन, ४ वर्षे अवधि पूरा गरेकाले थप २ वर्ष जागिर पाउनेNepal Khabar