प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन
Read the full story at Ratopati

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् । बिहीबारको जितसँगै लुम्बिनीले प्रतियोगिता सुरु हुनुअघि राखेको पहिलो लक्ष्य पूरा गरेको गौचनले बताए । उनका अनुसार कप्तान रोहित पौडेलले टोलीलाई शीर्ष चारमा पुर्याउने लक्ष्य राखेका थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौचनले भने, ‘सिजन सुरु हुँदा कप्तानले टोलीलाई टप–४ मा पुर्याउने लक्ष्य राख्नुभएको थियो । त्यो लक्ष्य आज पूरा भएको छ ।
प्रतियोगितामा अझै धेरै कुरा गर्न बाँकी छ । तर, पहिलो लक्ष्य पूरा भएपछि ड्रेसिङ रुममा सबै खुसी छन् । ’ कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि लुम्बिनीले सहजै जित निकाल्न सकेन । ब्याटिङमा देखिएको कठिनाइबारे बोल्दै गौचनले त्रिवि मैदानको पिच ब्याटिङका लागि सहज नरहेको बताए । विपक्षी बलरले पनि राम्रो लाइन र लेन्थमा बलिङ गर्दा लक्ष्य पछ्याउन केही कठिन भएको उनको भनाइ थियो । ‘विकेट केही कठिन थियो ।
विपक्षी बलरले पनि राम्रो बलिङ गरे । त्यसैले ब्याटिङ गर्न सहज भएन । तर, हाम्रा ब्याटरले परिस्थितिअनुसार खेल्दै टोलीलाई जित दिलाए,’ उनले भने । गौचनले टोलीको सफलतामा कप्तान रोहित पौडेलको भूमिका महत्वपूर्ण रहेको बताए ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar