चितवनको जितले जनकपुरसँगै कर्णाली पनि प्लेअफको होड बाहिर, दुई स्थानमा तीन टोलीको नजर
Read the full story at Bizmandu

काठमाडौं। पोखरा एभेन्जर्सपछि जनकपुर बोल्ट्स र कर्णाली याक्स पनि प्लअफ पुग्ने होडबाट बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चितवन राइनोजले जनकपुरलाई हराएसँगै दुई टोली प्लेअफको होडबाट बाहिरिएका हुन्। अघिल्लो संस्करणका फाइनालिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाइसकेका छन्। अब प्लेअफको बाँकी दुई स्थानका लागि काठमाडौं, चितवन र विराटनगरको प्रतिस्पर्धा छ।
चितवनको ब्याटिङ। अब यो होडमा पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स छैनन्। यी तीन टोलीमध्ये पनि काठमाडौं ८ अंकसहित बलियो स्थितिमा छ भने चितवनले पनि अर्को खेल जिते पुग्छ। विराटनगरले भने अर्को खेल जितेर पनि चितवनको हार या काठमाडौंको भारी हार भएमात्रै प्लेअफ पुग्न सक्छ। आज सम्पन्न दोस्रो खेलमा चितवनले पहिलो संस्करणको च्याम्पियन जनकपुरलाई ४ विकेटले हरायो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले निक्कै मुस्किलले १७.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। चितवनलाई लक्ष्यसम्म पुर्याउन डेभिड मलानले सर्वाधिक अविजित ३५ रनको योगदान दिँदा कुशल मल्लले १५ तथा रवि बोपाराले १३ रनको योगदान दिए।
More sports
- कस्तो अवस्थामा बिराटनगर प्लेअफमा पुग्न सक्छ ? चितवन र काठमाडौंका खेल कत्ति महत्वपूर्णThaha Khabar
- आज लुम्बिनी र विराटनगरबिच खेल हुँदैNagarik News
- क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधिNagarik News
- सस्ता खेलौनादेखि एआई पूर्वाधारसम्म, चीनले कसरी बदल्यो आफ्नो उत्पादनको पहिचान?Bizmandu
- Deepti Sharma named ICC Women’s Player of the Month for OctoberThe Hindu
- विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागीOnlinekhabar (Nepali)