Skip to main content
खेलकुदNagarik News2 outlets covering

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

Read the full story at Nagarik News

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ। कीर्तिपुरमा शुक्रबार भएको खेलमा झिनो लक्ष्य पछ्याए पनि चितवनले जनकपुर बोल्ट्समाथि चार विकेटको संघर्षपूर्ण जित रच्यो। लिगमा आफ्नो छैटौं खेलमा चितवनले उत्कृष्ट बलिङ ग¥यो। तर ब्याटिङमा भने निकै संघर्ष गर्नुपर्‍यो। उक्त पिचमा शुक्रबारका दुवै खेलमा ब्याटरले निकै संघर्ष गर्नुपरेको थियो तर चितवनले समालिँदै जित निकाल्यो।

प्लेअफका लागि जनकपुर र चितवन दुवै टोली जित्नैपर्ने दबाबमा थिए। जनकपुर भने हारसँगै प्लेअफबाट बाहिरिँदा कर्णाली याक्सको पनि सम्भावना एक खेल अगावै समाप्त भयो। पहिलो सिजनको च्याम्पियन जनकपुर ७ खेलबाट ४ अंक जोड्दा लगातार दोस्रो सिजन प्लेअफमा पुग्न असफल भयो। चितवनले भने ६ खेलबाट सात अंक जोड्दै प्लेअफको दाबेदारी दिएको छ। शनिबार एक मात्र खेल लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच हुनेछ।

यो खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ। विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ। त्यसैले शनिबार लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि हुनेछ। लुम्बिनी र विराटनगरले लिगको अन्तिम खेल खेल्दैछन्। लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगिसकेको छ।