क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि
Read the full story at Nagarik News

क्रिकेटमा जितका लागि ठुलो योगफल बनाउनुपर्छ भन्ने मान्यता छ। प्रायः समर्थक पनि मैदानमा ठुलो सट र रनको वर्षा अपेक्षा गर्छन्। रन वर्षाले उनीहरूलाई उत्साहित बनाउने गर्छ तर क्रिकेटको सहर सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्ना समर्थकलाई फरक तवरले खुसी दिँदै आएको छ। एनपिएलको यस सिजनमा सुदूरपश्चिमले साना लक्ष्य पनि रक्षा गर्दै चुनौती दिइरहेको छ।
लिगको आफ्नो अन्तिम तथा सातौं खेलमा सुदूरपश्चिमले शुक्रबार काठमान्डु गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा स्थान बनायो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले १२६ रनको सामान्य लक्ष्य दिएको थियो तर बलिङमा उत्कृष्ट लयपछि सुदूरपश्चिमले यो लक्ष्य जोगायो। पूरै ओभरमा सात विकेट गुमाउँदै काठमान्डुले ११८ रन मात्र जोड्न सक्यो। यससहित पछिल्ला खेलमा सुदूरपश्चिमले ब्याटिङबाट ठूलो स्कोर बनाउन सकेको छैन।
तथापि बलिङ र फिल्डिङमा उत्कृष्टताले सुदूरपश्चिम बलियो टोलीको रूपमा उभिएको छ। सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ। यसै पनि सुदूरपश्चिमले एनपिएलकै सबैभन्दा उत्कृष्ट फिल्डिङ गर्ने टोलीको परिचय बनाएको छ। सानो योगफल, कसिलो बलिङ र चुस्त फिल्डिङ सुदूरपश्चिमको पछिल्ला दुई जितको रोमाञ्चक पक्ष हुन्।
More sports
- कस्तो अवस्थामा बिराटनगर प्लेअफमा पुग्न सक्छ ? चितवन र काठमाडौंका खेल कत्ति महत्वपूर्णThaha Khabar
- गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)Ratopati
- आज लुम्बिनी र विराटनगरबिच खेल हुँदैNagarik News
- सस्ता खेलौनादेखि एआई पूर्वाधारसम्म, चीनले कसरी बदल्यो आफ्नो उत्पादनको पहिचान?Bizmandu
- Deepti Sharma named ICC Women’s Player of the Month for OctoberThe Hindu
- Gambhir concerned about India's batting collapses ahead of World CupThe Hindu