Skip to main content
समाजSetopati

तिहारमा झलमल्ल काठमाडौं सहर, हेर्नुहोस् तस्बिरहरू

Read the full story at Setopati

तिहारमा झलमल्ल काठमाडौं सहर, हेर्नुहोस् तस्बिरहरू

बजारका पसल तथा व्यापारिक कम्प्लेक्सहरू झिलिमिली बत्तीले सजिएका छन् भने तिहारका लागि आवश्यक सामग्री किनमेल गर्ने सर्वसाधारणको चहलपहल पनि उत्तिकै देखिन्छ। तिहारलाई फूल, बत्ती र सप्तरंगी पर्वका रूपमा पनि चिनिन्छ।

यस अवसरमा घरआँगन सफा गरी सयपत्री र मखमली फूलका माला तथा रंगीचंगी बत्तीले सजाउने परम्परा छ। विशेषगरी लक्ष्मीपूजाका दिन घरका झ्याल, ढोका, कौसी र आँगनमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।

सफासुग्घर र उज्यालो घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वास अनुसार सर्वसाधारणले घर तथा कार्यालय सजाउने र दीपावली गर्ने गरेका छन्।