पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन
Read the full story at Onlinekhabar (Nepali)

डब्लूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । १८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पर्यटन मेलामा भाग लिन लन्डन पुगेका छन् ।
उनी ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्लूटीएम) मा भाग लिन लन्डन पुगेका हुन् । बेलायतको राजधानी लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म मेला चलिरहेको छ । मेलाका अवसरमा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, युनाइटेड अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा.
रुवन रणतुङ्गे तथा भारतको राज्यसभा सदस्य, प्रख्यात लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग भेट गरेको मन्त्रालयले जनाएको छ । भेटमा नेपाल र सम्बन्धित मुलुकबीच द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।
More business
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- १ करोडसम्मका देवानी विवादमा अदालत जानुअघि मेलमिलापको प्रस्तावOnlinekhabar (Nepali)
- अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भारतका विदेश सचिवको भेट, आर्थिक सहकार्यका विषयमा छलफलBizmandu