Skip to main content
अर्थतन्त्रBizmandu

एनपीएलका चर्चित राइभल जनकपुर र सुदूरपश्चिमको ‘स्को स्कोरिङ थ्रिलर’, मस्कटको देउसी भैलो

Read the full story at Bizmandu

काठमाडौं। सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा उपाधिका लागि फाइनलमा भिडेका यी टोली बीचको ‘लो स्कोरिङ थ्रिलर’ मा सुदूरपश्चिमले त्यसबेलाको च्याम्पियन जनकपुरलाई २७ रनले हराएको हो। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा यी दुई टोलीको ‘राइभलरी’ हेर्दा ठूलो संख्यामा दर्शक पुगे।

यी दुई टोली एनपीएलकै सर्वाधिक ठूलो फ्यानबेस भएका टोलीमध्येमा पर्छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९.५ ओभरमा ९३ रन बनाएर अलआउट भयो। जनकपुरका लागि तृतराज दासले २१, जिम्मी निशमले २० तथा आदित्य महताले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन।

घातक बलिङ गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए। त्यसअघि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा समेटिएको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदुरपश्चिमका ओपनर द्वय विनोद भण्डारी र सैफ जैब समान १० रन बनाएर पभेलियन फर्किएका थिए।