मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं
Read the full story at Nagarik News

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका छन्। कांग्रेस महामन्त्री राणाले मधेस सरकार जोगाउन एमालेको साथ खोजिएको र साथ नपाए सरकारबाट राजीनामा दिएर प्रतिपक्षमा बस्ने सन्देश लिएर सभापति थापा ओली निवास पुगेको खुलाएका हुन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै राणाले यस्तो बताएका हुन्।
मधेस प्रदेशमा अहिले कांग्रेसका कृष्ण यादवको नेतृत्वमा सरकार छ। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अबको पाँच दिनभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने बाध्यता छ। यही विषयमा निष्कर्षमा पुग्न सभापति थापाले ओलीलाई भेटेको राणाले सुनाए।
‘अहिले मधेसमा हाम्रो सरकार छ, एमालेले समर्थन फिर्ता लिएको छ, त्यसमा हामीलाई केही आपत्ति भएन,’ महामन्त्री राणाले भने, ‘तर अब हाम्रै नेतृत्वमा प्रदेश सरकार कन्टिन्यु गर्ने हो भने हामी सरकारमा रहन्छौं, कन्टिन्यु गर्ने होइन भने राजीनामा दिएर हामी विपक्षमा बस्छौं भन्ने कुरा एमाले अध्यक्षलाई स्पष्ट गर्न गएको हो।’ राणाका अनुसार मधेसका मुख्यमन्त्रीसहित एमाले र नेकपा नेताहरूले प्रधानमन्त्री र ओलीसँग भेट गरेपछि ओलीले नै कांग्रेस सभापतिलाई कुराकानीका लागि बोलाएका थिए।
More politics
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- भारतमा अग्निवीर भर्ती योजनामा ठूलो परिवर्तन, ४ वर्षे अवधि पूरा गरेकाले थप २ वर्ष जागिर पाउनेNepal Khabar