के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?
Read the full story at Onlinekhabar (Nepali)

केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन । यसअघि उनले यस्तो असफलता कहिल्यै भोगेका थिएनन् । १२ वर्षे फिल्म निर्माणको यात्रामा उनले एकपछि अर्को सफलता चाख्दै आए । पहिलो फिल्म ‘छ एकान छ’ सुपरहिट भएपछि उनी कमेडी जनराका ‘राजा’ नै बने । त्यसपछि ‘छक्का पञ्जा’ हुँदै ‘छ माया छपक्कै’सम्म उनको अविश्राम यात्रा जारी रह्यो ।
‘छक्का पञ्जा’ कतिधेरै रुचाइयो भने यसको पाँचौँ शृंखलासम्म निर्माण भयो । यसपटक उनी दसैँमा ‘छ माया छपक्कै–२’ लिएर दर्शकमाझ आए । तर, फिल्मले सोचेअनुसारको कारोबार गर्न सकेन । जब नसोचेको नतिजा आयो, तब दीपकराजले एक हात लामो स्टाटस लेख्दै भने, ‘म यो असफलतालाई सहर्ष स्वीकार गर्छु । ’ उनको स्टाटसमा नानाथरी कमेन्ट आए । त्यसमध्ये एउटा चर्चित कमेन्ट कुमार बेनको थियो । कुमार बेन को ?
चिनाइरहनु परेन । उनले दसैँताका प्रदर्शनमा आएका सबै फिल्म नबिराई हेरेका थिए । ‘छक्का पञ्जा’ पनि हेरेकै थिए । कुमार बेनले दीपकराजको स्टाटसमा कमेन्ट गर्दै सान्त्वनाका शब्द लेखेका थिए । यद्यपि दीपकराजले आफ्नै स्टाटसमा अर्को टिप्पणी लेखे । वास्तवमा पछिल्लो समय जब म अध्यात्मसँग जोडिएँ, त्यसपछि जीवनमा प्राप्त हुने सफलता वा असफलता कुनै कुराले छुँदैन । आनन्दपूर्वक काम गर्न पाए पुग्छ ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्वNagarik News
- माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको जग्गा सट्टापट्टा प्रकरण के हो?Setopati
- पूर्वाधार विकासमा निजी क्षेत्र आकर्षित गर्न कानुनी र नीतिगत सुधार गरिँदै: अर्थमन्त्री वाग्लेDC Nepal
- जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशाOnlinekhabar (Nepali)
- विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापाDC Nepal