सूचीकृत नभएका कम्पनीले पनि ऋणपत्रबाट पुँजी जुटाउन पाउने, नियमावलीको मस्यौदा अर्थमा
Read the full story at Bizmandu
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ऋणपत्र नियमावलीको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। सञ्चालक समितिबाट स्वीकृत गरेर सेबोनले ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदा मंगलबार मन्त्रालयमा पठाएको हो। मस्यौदा अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।
मस्यौदामा सूचीकृत नभएका कम्पनीले समेत ऋणपत्र निष्कासन गरेर पुँजी जुटाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको सेबोनका एक सञ्चालकले जानकारी दिए। ऋणपत्र निष्कासन गर्न चाहने कम्पनीको पुँजीगत सीमा तोकिएको छ। कम्पनीले ऋणपत्र निष्कासन गरी स्थिर ब्याजदरमा बजारबाट पुँजी संकलन गरेर परिचालन गर्न सक्नेछन्। हाल बैंक तथा वित्तीय संस्था र अरु कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको व्यवस्था अनुसार ऋणपत्र निष्कासन गर्दै आएकामा सेबोनले छुट्टै नियमावली ल्याउन लागेको हो।
नियमावली कार्यान्वयनमा आएपछि लगानीकर्तालाई लगानीको स्थिर प्रतिफलको उपकरण र कम्पनीलाई पुँजी जुटाउने सबल वित्तीय संरचना तयार हुने सेबोनका अधिकृतहरु बताउँछन्। कम्पनीहरुले कर्पोरेट बण्डका उपकरणमार्फत पूर्वाधार निर्माणदेखि आफ्नो व्यवसाय फैलाउन पुँजी जुटाउन सक्नेछन्। यसमा पुँजी संकलनको माथिल्लो सीमा तोकिएको छैन। कम्पनीले विदेशी मार्केटमा समेत ऋणपत्र जारी गरेर सस्तोमा पैसा उठाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
More business
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ग्रामिण लघुवित्तको नाफा ७४.९४ प्रतिशतले घटेर ३ करोडमा सीमित, खराब कर्जा ११.८९ प्रतिशतBizmandu
- रि-इन्स्योरेन्स कम्पनीले बढाए सेयर बजार सूचक, ७ अर्ब ४३ करोड रुपैयाँको कारोबारBizmandu