आज तीन जिल्लामा चल्दैछन् नि:शुल्क बस
Read the full story at Nagarik News

भाइटीकाको दिन आज सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ । यस्तै, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ।
More politics
- मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने किशोरको मृत्यु, चालक गम्भीर घाइतेNepal Khabar
- उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइतेNepal Khabar
- भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाहNepal Khabar
- आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव, कोसी सरकारले प्रदेश भाषा दिवसको रूपमा मनाउनेNepal Khabar
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar