Skip to main content
वातावरणOnlinekhabar (Nepali)

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

Read the full story at Onlinekhabar (Nepali)

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

२५ कात्तिक, काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिना सहित दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ ।

विभिन्न वायुसेवा कम्पनीका चेक इन काउन्टरमा बोर्डिङ पास लिएका यात्रुसँगै भित्र रहेका यात्रु बाहिर निस्कन पानीका कारण समस्या भएको हो । विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार दर्के पानी कमसल छानोबाट चुहिएर भुइँ जलमग्न भएको हो ।

‘चेक इन काउन्टरबाट भित्र जाने भाग जलमग्न भएको छ,’ ती अधिकारीले भने, ‘जमेको पानी हटाउने र यात्रुलाई सहज आउजाउ गर्ने व्यवस्था मिलाइरहेका छौं । ’