रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्य
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिने नागथली पदयात्रा र हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको नागथली गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्छ ।
स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यस क्षेत्रमा प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थल पनि छन् । गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ । प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ । गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्ति छन् ।
चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेला लाग्ने गर्छ । मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक र ऐतिहासिक स्थल छन् । यस क्षेत्रमा गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ अर्थात् देवी नाच्ने थान र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ ।
More environment
- सुतिरहेको ठाउँमा जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्युNepal Khabar
- आफ्नै घरमा आएर बसेको वन मौरीले टोक्दा मृत्युNepal Khabar
- Nepal’s push for Himalayan climate agenda falls short at COP31Kathmandu Post
- सरकारले पैसा नदिएको रिसमा सरकारी भवनमा डोजरDC Nepal
- त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्तीOnlinekhabar (Nepali)
- ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!Setopati