Skip to main content
खेलकुदNepal Khabar3 outlets covering

डेब्यु खेलमै डेभिड मिलरको अर्धशतक

Read the full story at Nepal Khabar

डेब्यु खेलमै डेभिड मिलरको अर्धशतक

दक्षिण अफ्रिकाका चर्चित क्रिकेट खेलाडी डेभिड मिलरले नेपाल प्रिमियर लिगमा आफ्नो डेब्यु खेलमै पहिलो अर्धशतक प्रहार गरेका छन्। कर्णाली याक्समा अनुबन्धित उनले ३८ बलमा ५० रन बनाएका हुन्। उनले ५ चौका र १ छक्का समावेश छ।

उनी पहिलोपटक नेपाल प्रिमियर लिग खेलिरहेका छन्। यसअघि उनले विश्वका अधिकांश लिगहरु खेलिसकेका छन्। उनले टी२० मा १२ हजार ४३५ रन बनाएका छन्।

मिलर बायाँहाते ब्याट्सम्यान हुन्।