Skip to main content
खेलकुदNepal Khabar

आईसीसी विश्वकप क्वालिफायर प्लेअफ नेपालमा डिसेम्बर ४ देखि २१ सम्म हुने (तालिकासहित)

Read the full story at Nepal Khabar

आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्वालिफायर प्लेअफको मिति घोषणा गरेको हो।

प्रतियोगितामा ८ टोली सहभागी हुनेछन्। प्रतियोगिताको शीर्ष ४ टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउनेछन्।

क्वालिफायर प्लेअफ राउन्ड रोबिनका आधारमा खेलाइनेछ। प्रतियोगिताको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र इटालीबीच हुनेछ