दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, चालकसहित पाँच जना घाइते
Read the full story at Bizmandu
काठमाडौं। दैलेखमा बिरामी लिएर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान कालिकोटबाट अक्सिजन सिलिन्डरसहित बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको जीप दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनामा कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप बिहान करिब साढे ५ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो। घटनामा जीप चालक सान्नित्रिवेणी-७ का २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्। त्यस्तै, सान्नित्रिवेणी-६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि घाइते भएका छन्।
उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै सबै घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। The post दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, चालकसहित पाँच जना घाइते appeared first on BIZMANDU .
More health
- Children make up nearly half of Deepavali eye-injury cases at Hyderabad hospitalThe Hindu
- दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्युOnlinekhabar (Nepali)
- Who is Stephen Miller, Trump’s new Chief of Staff?The Hindu
- Putin may not want peace, warns Norwegian leader who spoke to himPolitico Europe
- Who Is Alice Huang, Chinese Woman Linked To Nvidia CEO Jensen HuangNDTV
- रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमाNagarik News