रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
Read the full story at Nagarik News

मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन्। अब उनको ५० घारमा मात्र मौरी बाँकी छन्। अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालनमा लागेकी उनको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए। वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएको उनले सम्झिन्।
मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाएकी उनी रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउँछन्। “रोग सङ्क्रमणले ठूलो क्षति भयो”, उनी भन्छन्, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो। किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन।” मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन्। कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए।
कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो गरे। चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।
More health
- Children make up nearly half of Deepavali eye-injury cases at Hyderabad hospitalThe Hindu
- दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, चालकसहित पाँच जना घाइतेBizmandu
- दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्युOnlinekhabar (Nepali)
- Who is Stephen Miller, Trump’s new Chief of Staff?The Hindu
- Putin may not want peace, warns Norwegian leader who spoke to himPolitico Europe
- Who Is Alice Huang, Chinese Woman Linked To Nvidia CEO Jensen HuangNDTV