दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार उक्त गाडी बिरामीलाई अक्सिजनसहित उपचारका लागि कालिकोटबाट सुर्खेततर्फ लैजाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा गाडी चलाक सान्नी त्रिवेणी गाउँपालिका–७ कालिकोटका २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन् । चालक सिम्खडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा सोही ठाउँका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् । घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
More health
- दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, चालकसहित पाँच जना घाइतेBizmandu
- Who is Stephen Miller, Trump’s new Chief of Staff?The Hindu
- बिरामी बोकेको गाडी २०० मिटर तल खस्यो, ६ जना गम्भीर घाइतेSetopati
- Who Is Alice Huang, Chinese Woman Linked To Nvidia CEO Jensen HuangNDTV
- रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमाNagarik News
- Meet 14-year-old Jacob who grows 7,000 tomato plants for his businessTimes of India