Skip to main content
राजनीतिNagarik News

कोशीमा भाषा विधेयक कार्यान्वयनमा

Read the full story at Nagarik News

कोशीमा भाषा विधेयक कार्यान्वयनमा

कोशी प्रदेश सरकारले नेपाली भाषासहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषका रुपमा कार्यान्वयनमा ल्याएको हो । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले कोशी प्रदेशमा नेपालीबाहेक मैथिली र लिम्बू भाषालाई मात्रै सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सिफारिस गरेको थियो ।

तर, प्रदेशको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता तथा विभिन्न जातजातिको पहिचान संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेशका थप १३ भाषालाई कामकाजको रुपमा प्रयोग गर्न कानुन निर्माण गरेको थियो । कोशी प्रदेशको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राई, थारू, तामाङ, मगर , बान्तवा, उर्दु राजवंशी,नेपालभाषा, चाम्लिङ,शेर्पा, सन्थाली र राई भाषालाई समेत समेटेर कानुनी व्यवस्था गरेको थियो । उक्त विधेयक कोशी प्रदेशसभाले सर्वसम्मतरुपमा पारित गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयले गत कात्तिक ११ गते प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीकरण गरेका थिए । प्रदेश सरकारले हरेक वर्ष प्रदेश भाषा दिवस मनाउने घोषणा गर्दै भाषिक विविधताको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिएको छ। यसले प्रदेशको बहुभाषिक पहिचानलाई संस्थागत गर्दै विविधताबीचको एकतालाई थप मजबुत बनाउने जनाएको छ ।