चीन र भारतका टायल्ससँग नेपाली उद्योगले कसरी प्रतिस्पर्धा गर्दैछ?
Read the full story at Setopati

स्पेनबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय सिरेमिक उद्योगसम्बन्धी अनलाइन पत्रिका 'टायल वार्स' ले हालै नेपाली टायल उद्योगको सफलतामाथि एउटा विशेष विश्लेषणात्मक लेख प्रकाशित गरेको छ। चीनको विशाल उत्पादन क्षमता र भारतको मोरबी औद्योगिक केन्द्रको आक्रामक मूल्य प्रतिस्पर्धाबीच नेपाली उद्योगले घरेलु बजारमा कसरी आफ्नो बलियो उपस्थिति बनायो भन्ने विषय नै उक्त लेखको मुख्य सार हो। उक्त लेखमा बर्दियाको गुलरियास्थित 'लुम्बिनी सेरामिक्स' लाई नेपाली टायल उद्योगको एउटा सफल उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
तर, स्थानीय उत्पादनका कारण पसलहरूमा मौज्दात सकिनेबित्तिकै तुरुन्तै पुनः मगाउन र निर्माणस्थलमा आवश्यक थप टायल कुनै ढिलाइबिना छिट्टै पुर्याउन निकै सहज भएको छ। यसका साथै, लामिनार टायलले नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको विषयलाई पनि लेखमा समेटिएको छ। विभागले 'एनएस ६१७ः२०८२' मापदण्डअन्तर्गत लामिनारलाई 'फुल्ली भिट्रिफाइड' र सोही कम्पनीको 'क्रेस्टा' लाई 'पोर्सिलेन' टायलको वर्गमा प्रमाणीकरण गरेको छ।
बाहिरबाट उस्तै देखिने टायलको पानी सोस्ने क्षमता कति छ र त्यो कुन प्रयोजनका लागि बढी उपयुक्त हुन्छ भन्ने कुरा प्राविधिक रूपमा छुट्याउन यस्तो वर्गीकरणले उपभोक्तालाई ठूलो सहयोग पुर्याउँछ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar