Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

Read the full story at Onlinekhabar (Nepali)

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने अभियानमा जुटेका छन् । गाउँ फर्किएर आफ्नै गाउँको माटोमा नवीन कामको सुरुवात गरेका छन् । वि.सं.

२०५० मा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जन्मिएका सुदिन पौडेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका प्रत्याशीसमेत बने । तर, उनी निर्वाचित हुन सकेनन् । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नुपर्ने अभियानका मुख्य अभियन्ता बनेका सुदिनको एजेन्डा पारित भयो, तर उनी आफैँ भने नेतृत्वमा पुग्न सकेनन् । कुनै समय जुझारु विद्यार्थी आन्दोलनको अगुवाइ गरेका सुदिन हिजोआज बन्दीपुरको पाखामा पसिना बगाउँदै व्यावसायिक कृषक र पर्यटन अभियन्ताका रूपमा चिनिन थालेका छन् ।

राजनीति केवल भाषण र पदमा मात्र सीमित हुनुहुँदैन भन्ने चेतका साथ उनी गाउँ छाडेर सहर र सहर छाडेर विदेश जाने युवा पुस्ताको भीडभन्दा फरक देखिए । उनी आफ्नै थातथलो फर्किए । लामो समयदेखि बाँझो रहेको परिवारको २० रोपनी जग्गा र थप ३५ रोपनी जमिन भाडामा लिएर पौडेलले कुल ५५ रोपनी क्षेत्रफलमा कृषि कर्म थालेका छन् । व्यावसायिक रूपमा सयपत्रीलगायत फूल खेती सुरु गरेका उनले यस सिजनमा मात्रै १५० किलो फूल उत्पादन गरी बिक्री गरे ।