एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान
Read the full story at Onlinekhabar (Nepali)

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय उद्घोष हुँदै थियो । कार्यक्रम थियो, कुकुरप्रति समभाव जगाउन विशेष परियोजनाको तयारी ।
त्यहाँ एक दिन कुकुरको पूजाआजा गर्ने परम्परालाई वर्षभरि नै माया, करुणा र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने अभियानको थालनी भएको थियो । यो अभियान काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित छक्कुबक्कु टोलबाट शनिबार सुरु गरिएको हो । यसको अवधारणा र अगुवाइ गोल्याण फाउन्डेसनले गरिरहेको थियो । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण तथा मानव र जनावरबीचको सहअस्तित्व प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
गोल्याण फाउन्डेसनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरूको स्वास्थ्य तथा संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ । साथै, यस पाइलट परियोजनाको अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्याङ्क, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ ।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्योNagarik News
- Spain win Padel World Cup in Qatar as sport’s popularity soarsAl Jazeera
- 'That's Reece' - World Cup semi-final brings out best and worst of WalshBBC
- राइफलको गोलीसहित एक जना पक्राउDC Nepal
- गोलीसहित एक जना पक्राउOnlinekhabar (Nepali)