त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो
Read the full story at Nagarik News
उदयपुरमा सम्पन्न त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता ०८३ को उपाधि पाहुना टिम भारतको जर्जियन फुटबल क्लबले जितेको छ। कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो। उपाधिका लागि जर्जियनलाई मध्यान्तरअघिको पहिलो गोल नै अन्तिम साबित हुन पुग्यो।
मध्यान्तरको अन्तिम मिनेटमा जर्जियनका खेलाडी करण चौधरीले गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा पनि सातदोबाटोले कुनै गोल फर्काउन नसकेपछि चौधरीको पहिलो गोल नै अन्तिम र निर्णायक हुँदै उपाधिका लागि पर्याप्त हुन पुग्यो। उपाधि जितेसँगै जर्जियनले नगद ५ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले विजेता टिमलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे। त्यसैगरी उपविजेता बनेको सातदोबाटोलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो। अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको विजेता जर्जियन अघिल्लो दिनको अन्तिम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब सुनसरीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- Chennai Open tennis: Singles final postponed due to rain, unhealthy air qualityThe Hindu
- Al Jazeera tries Baseball5 at Youth OlympicsAl Jazeera
- Carlos Alcaraz beats Ben Shelton to win Paris Masters tennis titleAl Jazeera
- Infantino’s Japanese challenger claims he could unseat FIFA presidentAl Jazeera
- Fan hospitalised after falling through stand at Norwegian football matchAl Jazeera