सरकार जनताको विश्वासबाट चलिरहेको छ कि आफ्नै दाबीबाट ?
Read the full story at Onlinekhabar (Nepali)

परिवर्तनको जनादेश पाएको सरकारले अब परिवर्तनको लोकतान्त्रिक चरित्र प्रमाणित गर्नुपर्छ। नत्र पुरानो व्यवस्था असफल भएको ठाउँमा नयाँ नाम र नयाँ अनुहारसहित उही शासन संस्कार दोहोरिनेछ। यही सम्भावनाप्रति चासो, यही विषयमा सार्वजनिक चर्चा र यही जोखिमप्रति चिन्ता आवश्यक छ। झूठों ने झूठों से कहा है,सच बोलो सरकारी एलान हुआ है,सच बोलो घर के अंदर तो,झूठों की एक मंडी है दरवाज़े पर लिखा हुआ है, सच बोलो। ’ भारतका प्रसिद्ध कवि राहत इन्दौरीका यी पङ्क्ति सम्झाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केही दिनअघि चितवनमा पत्रकारहरूसामु प्रस्तुत भए।
उनको अभिव्यक्तिमा राजनीतिक भूमिकाको निरीहता वा जिम्मेवारीको द्विविधा स्पष्ट देखिन्थ्यो। आवाज ठूलो सुनिए पनि सन्देश कमजोर थियो। सरकारका निर्णयप्रति असन्तुष्टि पनि देखिन्थ्यो, तर प्रत्यक्ष असहमति थिएन। सरकारका कमजोरी स्वीकार्ने सङ्केत पनि थियो, तर कमजोरीको स्पष्ट पहिचान थिएन। पार्टी र सरकारबीचको सम्बन्धमा उनी एकैसाथ निकटता र दूरी दुवै देखाउन खोजिरहेका थिए।
पत्रकारहरूले निरन्तर सोधिरहेको मूल प्रश्न थियो- ‘सरकार जनताको विश्वासबाट चलिरहेको छ कि आफ्नै दाबीबाट ? र, सरकारका निर्णयको राजनीतिक जिम्मेवारी कसले लिइरहेको छ ?’ लामिछानेले यसको स्पष्ट उत्तर दिन सकेनन्। सायद यस्तै अवस्थामा स्पष्ट उत्तर दिनु उनका लागि सहज पनि थिएन।
More politics
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar
- उत्पादन बढेपछि फूलको मूल्य घट्योNepal Khabar
- बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथNepal Khabar
- ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्पNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियोNepal Khabar