जर्मनीका एआई इन्जिनियर जितेन्द्र
Read the full story at Setopati

सन् २०१४ मा जर्मनी पुगेका जितेन्द्र कसौधन अहिले म्युनिखमा बस्छन्। उनी त्यहाँको एक सेक्युरिटी कम्पनीमा सिनियर डेटा एन्ड एआई इन्जिनियरका रूपमा कार्यरत छन्। 'हाम्रो काम भनेको व्यवसायलाई अझै विस्तार गर्न के–कस्ता तथ्यांक आवश्यक छन्, त्यसको विश्लेषण गरेर बिजनेसलाई सहयोग पुर्याउनु हो,' उनले भने। कम्पनीको बिजनेस इन्टेलिजेन्स टिममा पाँच जना सदस्य छन्। उनी पोल्यान्ड, युक्रेन र जर्मनीका सहकर्मीसँग मिलेर काम गरिरहेका छन्। उनी टिमका सबभन्दा वरिष्ठ सदस्य हुन्। जितेन्द्रको ड्युटी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ।
घरबाट कार्यालय पुग्न उनी ट्राम चढ्छन्। ट्राममा करिब ४५ मिनेट यात्रा गरेपछि कार्यालय पुगिन्छ। जितेन्द्रको पुर्ख्यौली घर लुम्बिनीको खुङ्गाई हो। उनका बुबाको व्यापार बुटवलमा भएकाले परिवार त्यहीँ बस्थ्यो। उनी चार दाजुभाइ तथा दिदीबहिनीमध्येका एक हुन्। उनले गाउँकै निजी स्कुलबाट एसएलसी (एसइई सरह) उत्तीर्ण गरे। त्यसपछि काठमाडौंको किस्ट कलेजमा विज्ञान विषय पढे।
प्लस–टू पढ्दा उनी ठूलोबुबाको छोरासँग बस्थे। प्लस–टूपछि उनी कुपन्डोलस्थित एड्भान्स इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ पढ्न थाले। इन्जिनियरिङ कोर्स चार वर्षको थियो। पढाइको अन्तिमतिर उनले जागिरको अवसर पाए। सो कम्पनीमा दुई वर्ष काम गरेपछि उनी स्नातकोत्तर पढ्न जर्मनी पुगे।
More politics
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar