Skip to main content
अर्थतन्त्रNagarik News2 outlets covering

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Read the full story at Nagarik News

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो । उक्त अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए । सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी अर्थात् ११३ प्रतिशत प्रगति हो ।

पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए । यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उहाँले जानकारी दिए । घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए । एक करोड ८१ लाख ९१ हजार रुपैयाँ लक्ष्य रहेको घर वहालकरमा एक करोड ३१ लाख ३८ हजार रुपैयाँ (७२ प्रतिशत) जम्मा भएको छ ।

त्यस्तै ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार रुपैयाँ उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए । मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए ।