Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

Read the full story at Onlinekhabar (Nepali)

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् । २५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन ।

न परदेशको कमाइले सन्तोष दियो, न सहरको दौडधुपले आत्मसन्तुष्टि । त्यसपछि उनले आफ्नै पुर्ख्यौली माटो रोजे । २०७९ सालमा गाउँ फर्किएका उनी माटोसँगै रमाएका मात्र छैनन्, व्यावसायिक कृषिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । गणेश र उनकी श्रीमती मैनादेवीले अहिले घङ्गरुमा ‘इन्टिग्रेटेड फार्मिङ’ अर्थात् एकीकृत कृषि प्रणाली गरिरहेका छन् । उनीहरूको फार्ममा अहिले ड्रागन फ्रुट, व्यावसायिक गाईपालन, लोकल कुखुरा र आफ्नै ब्रान्डको गँड्यौला मल (भर्मी कम्पोस्ट) उत्पादन भइरहेको छ ।

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् । गणेश रोजगारीका लागि दुइटा देश पुगे, फर्किएर बेलबारी बसेर यातायात व्यवसाय गर्दा गाउँको जग्गामा परम्परागत धान खेती मात्रै हुन्थ्यो । धानबाट सोचेजस्तो उत्पादन भएको थिएन । यातायातबाट पनि सन्तुष्टि मिलेको थिएन ।