Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

Read the full story at Onlinekhabar (Nepali)

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाएका थिए । भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् । सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाएका थिए । गोली चलेको आवाज सुनेपछि स्थानीय पसलेहरूले पसल बन्द गरेका थिए भने सडकमा हिँडिरहेका सर्वसाधारण ज्यान जोगाउन भागेका थिए ।

आक्रमणपछि हमलाकर्ता घटनास्थलबाट फरार भएका छन् । घाइते जवानहरूलाई अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिलाल मुशर्रफ बन्देका अनुसार एक जवानको पेटमा, अर्काको हातमा र तेस्रोको खुट्टामा चोट लागेको छ ।

उनले तीनै जनाको अवस्था स्थिर रहेको जानकारी दिए। तर, अधिकारीहरूको अनुरोधमा एक जवानलाई थप उपचारका लागि श्रीनगरस्थित सैनिक आधार अस्पताल पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार दक्षिण कश्मीरका कुलगाम र अनन्तनाग जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच चौकी स्थापना गरी आवतजावत गर्ने व्यक्तिहरूको तलासी भइरहेको छ ।