उप्रान्त छोरीहरूले ममता काफ्लेको नियति भोग्न नपरोस्
Read the full story at Himal Khabar

जीवनसाथी, जसले माया र सुरक्षित आश्रय दिनुपर्थ्यो, उसैबाट शरीरका अंग काटेर टुक्राटुक्रा पारी प्याकेटमा हालेर फ्याँकिएको कुरा अदालतमा स्वीकार गर्दै बयान दिनु सामान्य आपराधिक घटना मात्रै होइन। यो हाम्रो सामाजिक तथा पारिवारिक मूल्यमान्यतामाथिको गहिरो प्रश्न पनि हो। हाम्रो समाजले महिलालाई कहिल्यै पूर्ण र स्वतन्त्र व्यक्तिको रूपमा हेर्न सिकेन।
हामीले पनि हाम्रा सन्ततिलाई त्यसरी हुर्काउन सकिरहेका छैनौं। हामीले सधैं महिलाहरूलाई कसैकी छोरी, कसैकी दिदी, कसैकी बुहारी, कसैकी श्रीमती वा कसैकी आमाको चस्माबाट मात्र हेर्यौं। एउटी महिलाको आफ्नै व्यक्तिगत पहिचान, स्वाभिमान र अस्तित्व हुन्छ भन्ने सत्यलाई हाम्रो सामाजिक संरचनाले सधैं छायाँमा पार्दै आएको छ।
जबसम्म एउटा घरभित्र वा सम्बन्धभित्र महिलाको भूमिकालाई केवल ‘समर्पण र त्याग’को दायराभित्र मात्र सीमित राखिन्छ, तबसम्म ममता काफ्लेजस्ता दर्दनाक घटनाहरूले हामीलाई बारम्बार गिजोलिरहनेछन्। अमेरिकाको भर्जिनिया अदालतमा हालै ममता काफ्लेका श्रीमान् नरेश भट्टले दिएको बयान र त्यसपछिको भयावह यथार्थले सिंगो मानव सभ्यतालाई नै स्तब्ध र लज्जित बनाएको छ। एउटा जीवनसाथी, जसले माया र सुरक्षित आश्रय दिनुपर्थ्यो, उसैबाट शरीरका अंग काटेर टुक्राटुक्रा पारी प्याकेटमा हालेर फ्याँकिएको कुरा अदालतमा स्वीकार गर्नु सामान्य आपराधिक घटना मात्रै होइन।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar