अध्यादेश ल्याउने तयारीमा रोक, रवि-डीपी-प्रतिभाबीच भएको थियो यस्तो कुराकानी
Read the full story at Bizmandu
काठमाडौं। संसद्मा दर्ता भएको विधेयक छलेर अध्यादेश ल्याउने तयारी रोकिएको छ। विभागीयमन्त्रीदेखि सभामुख र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा विधेयक दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउँदा गलत सन्देश जाने बताएपछि अध्यादेश ल्याउने तयारी अन्तत: रोकिएको हो।
उच्च स्रोतका अनुसार गत बिहीबार आफूलाई भेट्न सिंहदरबारमा उपस्थित भएका रास्वपा सभापति रविलाई सभामुख डीपी अर्यालले संसद्मा विचाराधीन विधेयक छलेर अध्यादेश ल्याउने विषय राम्रो नहुने बताएका थिए। खासगरी निजामती कर्मचारीलाई ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर हदका आधारमा अवकाश दिने विधेयकको व्यवस्था कार्यान्वयनका लागि अध्यादेश ल्याउने चर्चा सिंहदरबारभित्र चुलिएपछि डीपीले त्यस्तो गल्ती नगर्नका लागि सरकारलाई आग्रह गर्न रविको ध्यानाकर्षण गराएका थिए। जवाफमा रविले पनि संसद्मा विधेयक विचाराधीन रहेको अवस्थामा त्यही विषयको अध्यादेश नआउने स्पस्ट पारेका थिए।
‘कानुन फास्ट ट्र्याकमा बनाउने नाममा संसद्मा विधेयक विचाराधीन हुँदाहुँदै अध्यादेश आउँदैन,’ रविको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बरु चाँडै संसद् अधिवेशन बोलाएर विधेयक अगाडि बढाउनुपर्छ।’ गत असोज १५ गते संसद्मा दर्ता भएको निजामती विधेयकमा निजामती कर्मचारीलाई ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पुगेका आधारमा अवकाश दिने व्यवस्था गरिएको छ।
More politics
- राष्ट्रिय ख्रिष्टियन महासंघमा समानान्तर गतिविधिNepal Khabar
- अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ताNepal Khabar
- दानबहादुर कार्कीमाथि प्रधानमन्त्री शाहका सात ‘चार्ज’Nepal Khabar
- सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेचNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar