Skip to main content
अर्थतन्त्रNepal Khabar

तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

Read the full story at Nepal Khabar

तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते जारी गरेको सूचनाअनुसार बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गरिनेछ। मौज्दात रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक-एक थानका दरले खरिद गर्न पाइनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।

खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गर्ने जनाएको छ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुनेछ।